नवलपुर अदालतले पनि पल शाहलाई थुनामा पठाउने आदेश दियो

काठमाडौँ । नवलपुर जिल्ला अदालतले पनि बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई मुद्दा पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ। बुधबार साँझ थुनछेकको आदेश गर्दै शाहलाई कारागार पठाउने आदेश भएको हो। शाह यसअघि नै तनहुँ जिल्ला अदालतको आदेशले कारागारमा छन्। एक नाबालिग गायिकाले शाहले बलात्कार गरेको भन्दै तनहुँ र नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन्। तनहुँ […]

सम्बन्धित सामग्री

पल शाह प्रकरण : नवलपुरको फैसलाको सक्कल प्रमाण पेस गर्न तनहुँ अदालतको आदेश

काठमाडौं । तनहुँ जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन आदेश दिएको छ । सोमबार तनहुँ अदालतमा भएको सुनुवाइमा अदालतले एकै प्रकृतिको मुद्दा भएकाले नवलपुरको फैसलाको सक्कल प्रमाण पेस गर्न आदेश दिएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । नवलपुर अदालतले शाहलाई नाबालिगमाथि बलात्कारको […]

कारागारभित्र तीन फिल्मको स्क्रिप्ट पढ्दै पल शाह, जिम पनि गर्दै

काठमाडौं । नाबालिकामाथि बलात्कारको मुद्दामा अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजाय सुनाइसकेको छ । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी […]

थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए

काठमाडौं। आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् । नवलपुर अदालतले  बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन […]

पल शाहको मुद्दा विपक्षीबाट स्थगित

अभिनेता पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार प्रतिवादीको तर्फबाट स्थगित भएको हो । बुधबार शाहको मुद्दा नवलपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासमा परेको थियो । बुधबार फैसलाको अपेक्षा गरिएको भएपनि प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह)को तर्फबाट स्थगित गराइएको नवलपुर जिल्ला अदालतले जनाएको छ । नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार बुधबारको पेसी प्रतिवादीका तर्फबाट स्थगित गराइएको

पल शाहको मुद्दामा आज नवलपुरमा सुनुवाइ हुँदै, तनहुँमा १५ गतेलाई पेशी तोकियो

काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)को मुद्दाको नयाँ पेशी तोकिएको छ । नवलपुर जिल्ला अदालतमा आज यो मुद्दामा सुनुवाइ हुँदैछ । अदालतको वेबसाइट अनुसार नेपाल सरकार वादी र शाह प्रतिवादी रहेको यो मुद्दा न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ । तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको […]

पल शाह प्रकरण : नवलपुरबाट आज के आउला फैसला ?

बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी तोकिएको छ। नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो  ।बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्धाको पेसी तोकिएको शाहको पक्षबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए । उनका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतबाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ ।ग

पल शाह प्रकरण: मुद्दाकाे पेसी तनहुँमा आज, नवलपुरमा १६ गते

काठमाडाैँ- बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको पेसी तोकिएको छ। तनहुँ जिल्ला अदालतले ८ भदौका लागि र नवलपुर जिल्ला अदालतले १६  भदाैका लागि पे‍सी तोकेको हो । बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाकाे पेसी तोकिएको शाहको पक्षवाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए। उनका अनुसार पेसी […]

पल शाहको थुनछेक सुनुवाइ निवेदकबाटै स्थगित

नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् । एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न उच्च