मदन खरेल सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुन् । खरेललाई सरकारले गतसाल भदौ ३१ गते कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । यसअघि २०६९ सालमा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति पाएका खरेल हाल दोस्रो पटक निगमको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसन एन्ड कमर्समा स्नातकोत्तर गरेका खरेल प्रखर वक्ताका रूपमा समेत चिनिन्छन् । खरेल निगममा सन् १९८६ मा अधिकृतबाट प्रवेश गरेका थिए ।