काठमाण्डौ – विदेशबाट कोरोना विरुद्धको दुवै खोप लगाएर आएकाहरूलाई अब १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान दिइने भएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा हवाई मार्गमार्फत आउनेले खोपको मात्र पूरा गरी प्रमाणपत्र साथमा भएमा र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुलाई १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान अनुमति दिन सकिने व्यवस्था गरेको छ । सेल्फ क्वरेण्टीनमा बसे नबसेको अनुगमन गरी डीसीसीएमसी र पालिकाल...