६० वर्ष माथिका सबैलाई खोप दिइने, यस्तो छ तयारी

माघ १४ देखि भारतबाट अनुदानमा प्राप्त कोभिड खोप प्रयोग गर्दै आएको नेपालले अर्को महत्त्वपूर्ण चरणको घोषणा गर्दै 'फागुन २३ वा अझ अगाडिबाटै' ६० वर्ष भन्दा माथि उमेर समूहका सबै मानिसहरूलाई खोप दिन थाल्ने बताएको छ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोपको उपलब्धतालाई हेरेर बढीमा फागुन २३ नभए अझ चाँडै नै ६० वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई खोप लगाउने बताएका छन्।


६० वर्षभन्दा माथिका करिब २८/२९ लाख जनसङ्ख्या रहेको अनि ५५ वर्ष माथिका समेट्ने हो भने ३७ लाख जनसङ्ख्या रहेको आकलनबमोजिम मन्त्रालयले खोप व्यवस्थापन गरिरहेको बताइएको छ।


६० वर्ष माथिका मानिसहरूले नागरिकता वा मतदाता परिचयपत्र वा लाइसेन्सजस्ता परिचयपत्र बोकेर पायक पर्ने खोप केन्द्रमा जानुपर्नेछ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।