मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, ‘पालिकामा स्थायी रुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको मंगलबार बसेको ९६ औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुने गरी सम्मान स्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।’ एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो सेवा उपलब्