बैतडी : मेलौली नगरपालिकाले एकल पुरुषलाई दिँदै आएको भत्तामा ५०० रुपैयाँ बढाएको छ। नगरपालिकाले यसअघि प्रतिमहिना एक हजार ५०० रुपैयाँ दिँदै आएको थियो। अब आगामी आर्थिक वर्षदेखि दुई हजार रुपैयाँ दिने निर्णय भएको उपप्रमुख राधा ओझाले जानकारी दिइन्। नगरपालिकाले तीन वर्षअघि ५० वर्षदेखि ६० वर्षसम्मका विधुर लाई भत्ता दिँदै आएको छ। शुरुमा मासिक एक हजार भत्ता दिँदै आएकोमा गत वर्ष १ हजार ५०० रुपैयाँ पु¥याइएको थियो। ‘एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छ,’ उपप्रमुख ओझाले भन