कांग्रेस सांसदले घेरे प्रदेशसभा रोष्टम

विराटनगर : प्रदेशसभामा अवरुद्ध गर्ने संस्कृतिको सुरुवात भएको छ। सरकारका काम कारबाहीमा चित्त नबुझे संसद अवरुद्ध गर्ने वा सभामुखको रोष्टममा गएर उभिने, नाराबाजी गर्ने प्रतिपक्षको चलन छ। सोही परम्परा आइतबार  प्रदेश १ सभा संसदमा  पनि सुरु भएको छ। प्रदेशसभाको मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेता तथा...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभाको बैठकको सुरुमै कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले विरोध गरेका छन् । बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

कांग्रेसको अधिवेशनमा जसपा सांसदले आज पनि गरे मतदान

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा)को बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले आइतबार पनि कांग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्।शनिबार राति हेटौंडा आएर मतदान गरेर फर्किएका सांसद तामाङले आइतबार पनि हेटौंडा आएर मतदान गरेका हुन्। शनिबार भएको मतदानमा सभापति ३ जना उम्मेदवारमध्य कसैले पनि ५१ प्रतिशत नल्याएपछि आइतबार पुनः मतदान भएको थियो।शनिबार राति ९ बजेतिर मतदान गरेर फर्किएका तामाङले आइतबार पनि आएर कांग्रेस बागमती प्रदेश सभापतिको लागि मतदान गरेको उनीनिकट स्रोतले बताएको छ।तामाङ कसैले पनि न

प्रदेश १: फ्लोर क्रसकाे सुइकाे पाएपछि कांग्रेसद्वारा प्रदेशसभा बैठक राेक्न माग

तर कांग्रेस र नेकपा माओवादी केन्द्रका केही सांसदले मत विभाजनमा ‘फ्लोर क्रस’ गर्ने सुइकाे पाएपछि कांग्रेसले बैठक स्थगित गर्न माग गरेकाे श्राेतले बताएकाे छ ।

४२ सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि लुम्बिनीका विपक्षीले पेश गरे दाबी

काठमाडौं : लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बहुमतको सरकार गठनका लागि दाबी पेश गरेको छ।४२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी गरिएको कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई दाबी पत्र बुझाएका छन्।गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको उमेदवार बनाइएको छ। लुम्बिनीका

प्रदेश १ को प्रदेशसभा बैठकमा अधिकांस सांसदले गरे सरकारको आलोचना

विराटनगर, साउन २१ । प्रदेश–१ को प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले सरकारको आलोचना गरेका छन् । बैठकको सुन्य समयमा बोल्दै राप्रपाकी सांसद इन्दिरा राईले स्वास्थ्य बीमा गरेका सबै जनताले सहज रुपमा उपचार पाउनु पर्ने बताउनुभयो । प्रदेशभित्र कोरोना संक्रमण बढ्दै गएकाले परीक्षण तथा उपचार स्थानीय रुपमै सर्वसुलभ ढंगले गर्ने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । कांग्रेस […]

लुम्बिनी प्रदेश संसदको विशेष अधिवेशन बोलाउन माग

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै संसदको विशेष अधिवेशन बोलाउन माग गरिएको छ। कांग्रेस–माओवादी केन्द्रसहित अन्य विपक्षी गठबन्धनका ३४ सांसदले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुझाएको अविश्वासको प्रस्ताव दर्तासँगै अधिवेशनको माग पनि गरेका हुन्। यसअघि वैशाख ६ र वैशाख २६ पनि विक्षीहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षीदलहरु नेपाली कांग्रेस,माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। ३४जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ। विपक्षीहरुले सोमबार बहुमतीय सरकार गठनको लागि ४१जनाको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए।

विपक्षी दलका सांसदले गरे नीति तथा कार्यक्रमको चर्को विरोध

विराटनगर। प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा सत्तारोध दलका संसदहरुले बचाउ गरेपछि विपक्षी सांसदहरु पनि चर्को विरोधमा उत्रेका छन्।प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस,माओवादी र जसपाका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न नसकिने बताए।"बजेट र कार्यक्रमहरु मन्त्री र सत्तापक्षका सांसदको क्षेत्रमा मात्रै लगेको छ।ठूला नारा लगाएको र झुटा आश्वासन मात्र दिएको सांसदहरुले आरोप लगाएका छन्।

लुम्बिनीमा अविश्वासको प्रस्तावमा छलफल गर्न प्रदेशसभा विशेष अधिवेशन आह्वान

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १९ गते बस्ने गरी आह्वान भएको छ । प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै दलहरूले माग गरेअनुसार विशेष अधिवेशन बोलाइएको हो । प्रदेश प्रमुखको कार्यालयले १९ गते आइतवार दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले लोकान्तरलाई जानकारी दिए ।  गत चैत २४ गते १ हप्तामै प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको थियो । गत वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रद...

यी हुन् मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ४१ सांसदहरू

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले लोकान्तरलाई जानकारी दिए । ३ दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ । केसी अहिले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला र कानून मन्त्री छन् । ...