काठमाडौं : लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बहुमतको सरकार गठनका लागि दाबी पेश गरेको छ।४२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी गरिएको कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई दाबी पत्र बुझाएका छन्।गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको उमेदवार बनाइएको छ। लुम्बिनीका