भारतको उत्तर प्रदेशमा रहेको प्रतापगढमा गाउँलेहरूले बनाएको कोरोना माताको मन्दिरलाई प्रहरीले हटाएको छ ।
मन्दिर बनेको खबर पाउनेबित्तिकै प्रहरीले शुक्रवार अबेर राति जेसीबी लगाएर मन्दिर भत्कायो अनि अवशेष समेत हटायो ।
जूही शुक्लपुर गाउँमा गाउँलेहरूले कोरोना महामारी चलिरहेको बेलामा अन्धविश्वासमा परेर कोरोना माताको मन्दिर बनाएका थिए । उनीहरूले माताको मूर्ति स्थापना गरेर मास्क समेत लगाएका थिए ।
अनि मूर्तिको पूजा अर्चना गरिन थाल्यो । गाउँका मानिस भीड गरेर मन्दिर आउन थाले ।
प्रहरीले...