नेकपा (विप्लव) समूहको युवा संगठन लुम्बिनी प्रदेश इन्चार्ज हरि बस्नेत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी प्यूठान माण्डपी गाउँपालिका निवासी हुन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) राज्य समिति सदस्य प्यूठान नगरपालिका वडा नं. १० निवासी विश्व केसी (सुवोध) पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार बुटवलमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेव, स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका