पर्सा : कोरोना महामारीका कारण एक वर्षअघि गत चैतमा बन्द गरिएको मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज अझै आधिकारिक रूपमा खुलाइएको छैन। देश छिर्ने प्रमुख स्थल नाका भारतीय पर्यटकका लागि अझै नखुलाइएको हो। अन्य गतिविधि भने प्रायः सबै पूर्ववत् अवस्थामा फर्किन थालेको छ। तथापि; वीरगन्ज भन्सार नाका भने आधिकारिक रूपमा अझै भारतीय पर्यटकका लागि खुलेको छैन।भारतीय पर्यटककै भरथेगमा चलिरहेको यहाँको पर्यटन व्यवसाय सीमा नखुलाइँदा ठप्प छ। भारतीयहरूले सीमा पारी नै सवारीसाधन छाडेर नेपाल छिर