प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गेटा कलेजलाई प्रतिष्ठान बनाउने ऐन ल्याउने बताए ।‘डडेल्धुरामा मेडिकल कलेज बनाउने भनेपछि कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भनेर दबाब बढेको छ’ उनले भने, ‘त्यसलाई प्रतिष्ठान बनाइनेछ । काठमाडौ गएलगत्तै प्रतिष्ठान ऐन ल्याई यसै वर्षदेखि सञ्च