पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले मौद्रिक नीतिको आधार नै बजेट भएकोले अब यसलाई सही तवरले कार्यान्वयन गरेर जाँदा नै मुलुक र जनताको लागि हितकर हुने बताएका छन् । उनले मौद्रिक नीतिमा राहत र पुनःस्थापनाबारे कुरा गरिए पनि सोअनुरूप कार्यान्वयन पक्ष नहुनु राम्रो नभएको उनको भनाइ छ । उनले भने,‘यसअघिको मौद्रिक नीतिले निजी क्षेत्रमा पनि आशावादी बढेको थियो, तर कार्यान्वयनको पक्षमा अलिकति कमजोर भयो । अहिले आएको नीतिमा कसिलो मौद्रिक नीतिको आवश्यकता हो भनिएको छ, अहिले आएको मौद्रिक नीतिमा साना,