हवाई इन्धनको मूल्य बढेसँगै पुनस् हवाई भाडा वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो । योसँगै काठमाडौं-धनगढी हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक उडान तर्फ सबै भन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौं-सिमराको भाडा ४ हजार २०४ पुगेको छ । पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो । यस्तो