काठमाडौं : सांसद महेश बर्तौलाले शिक्षक र सरकारबीच भएको सम्झौता कार्यान्वयन नगर्ने पक्षमा सरकार देखिएको भन्दै सम्झौता सम्बोधन गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको शिक्षाविधेकयमाथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन्। उनले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले ती मागहरु सम्बोधन गर्ने पक्षमा नदेखिएको बताए।उनले भने,‘सरकार र शिक्षकसँग भएको सहमति रोष्टममा उभिएर शिक्षा मन्त्रीले पूरा हुन्छ भन्ने आट गर्नुभएन, कतै कार्यान्वयन नगर्ने दाउपेच त छैन नभए आज माननीय