दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गरेर मासिक ४० हजार आम्दानी गर्दै आएको छ।उचित व्यवस्थापन हुन नसके मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गरेर मासिक ३५ देखि ४० हजारसम्म आम्दानी गरिरहेको प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले बताए।उनका अनुसार आम्दानी रकम प्रतिष्ठानले फोहोरमैला व्यवस्थापनमा नै खर्च गर्ने गरेको छ। डेढ वर्षदेखि प्रतिष्ठानले छुट्टै एकाई नै स्थापना गरी अत्याधुनिक प्रशोधन उपकरणबाट फ