'एकीकृत पोषण कार्यक्रम' सञ्चालनमा

लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेसनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो ।

सम्बन्धित सामग्री

स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालन

टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा आएको छ ।

पालुङटारमा सुत्केरीलाई २ छाक पोषिलो खाना नगरपालिकाले खुवाउने

२ जेठ, गोरखा । पालुङटार नगरपालिकाले सुत्केरी भान्सा घर कार्यक्रम सञ्चालनमा ल्याएको छ । सुत्केरीको पोषण अवस्था सुधारका लागि भन्दै चालु आर्थिक बर्षबाट कार्यक्रम लागू गरिएको हो । कार्यक्रम अन्तर्गत महिला सुत्केरी भएको २४ घण्टाभित्र दुई छाक पोषिलो खाना निशुल्क उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख सिर्जना पोखरेलले बताइन् । ‘डेलिभरी भएको २४ घण्टासम्म हामी उहाँहरुलाई […]

बहुक्षेत्रीय पोषण कार्यक्रममा ९१ लाख लगानी

पर्वत (अस) । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा पर्वत र म्याग्दीमा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन हुने भएको छ । बहुक्षेत्रीय पोषणको आंशिक प्याकेज अन्तर्गत यी दुई जिल्लामा चालू आर्थिक वर्षमा करीब ९१ लाख रुपैयाँ लगानी हुने भएको हो । गत आर्थिक वर्षदेखि नै कार्यक्रम सञ्चालनमा रहेका म्याग्दीका ६ स्थानीय तहका लागि ४६ लाख रुपैयाँ र चालू आर्थिक वर्षदेखि कार्यक्रम शुरू गर्न लागिएको पर्वतका सातओटा स्थानीय तहका लागि ४४ लाख ९० हजार रुपैयाँ लगानी गर्न लागिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारीका अनुसार बहुक्षेत्रीय कार्यक्रमभित्र रहेको पोषण प्रवर्द्धनका लागि उक्त रकम लगानी गरेर आमा र बच्चाको स्वास्थ्य अवस्था बलियो पार्ने प्रयास गर्न लागिएको हो । सहसचिव अधिकारीका अनुसार पर्वतको कुश्मा र फलेवास नगरपालिकाले समान ६ लाख ७० हजार रुपैयाँ पाउनेछन् भने जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र विहादी गाउँपालिकाले समान ६ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्याग्दीको बेनी नगरपालिकाले ८ लाख र बाँकी रहेका मंगला गाउँपालिका, धवलागिरि गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका र मालिका गाउँपालिकाले समान ७ लाख ६० हजार रुपैयाँ पाउने भएका छन् । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले पर्वतमा आंशिक प्याकेजको रूपमा आएको बहुक्षेत्रीय पोषण कार्यक्रमलाई सकेसम्म स्थानीय तहको समेत थप बजेट व्यवस्थापनमा पूर्ण प्याकेजको बनाउन प्रयास गरिने बताए । तर, आइसकेको आंशिक प्याकेजका लागि चालू आर्थिक वर्षमा निर्देशक समितिको गठन, तथ्यांक अद्यावधिक, विशेष अनुदान प्रस्ताव, आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा प्राथमिकता दिने लगायत काम गरिने उनको भनाइ छ । ‘९५ प्रतिशत जीर्ण रोगहरू खानाका कारण शुरू हुने भएकाले खानपानमा विशेष ध्यान दिन आवश्यक छ,’ राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेतीले भने ।

बहुक्षेत्रीय पोषण कार्यक्रममा ४६ लाख लगानी

म्याग्दी । म्याग्दीका ६ स्थानीय तहमा बहुक्षेत्रीय पोषणको आंशिक प्याकेज अन्तर्गत चालू आर्थिक वर्षमा ४६ लाख लगानी भएको छ । गत आवदेखि नै कार्यक्रम सञ्चालनमा रहेका जिल्लाका सबै स्थानीय तहका लागि चालू आवमा ४६ लाख थप गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको हो । मन्त्रालयका सहसचिव वसन्त अधिकारीका अनुसार बहुक्षेत्रीय कार्यक्रमभित्र रहेको पोषण प्रवद्र्धनका लागि उक्त रकम लगानी गरेर आमा र बच्चाको स्वास्थ्य अवस्था बलियो पार्ने प्रयास गर्न लागिएको हो । उनका अनुसार बेनी नगरपालिकाले ८ लाख र बाँकी रहेका मंगला, धवलागिरि, अन्नपूर्ण, रघुगंगा र मालिकाले समान सात लाख ६० हजार प्राप्त गर्ने भएका छन् । ‘यो रकम स्थानीय तहमा पठाएपछि कार्यक्रममा राखिएका शीर्षक र उपशीर्षकमा खर्च गर्नुपर्छ । यसबाट सुनौला हजार दिनका आमा र बच्चा तथा पाँच वर्षसम्मका बच्चा तथा आम नागरिक सबैको पोषणको अवस्थामा सुधार ल्याउने खालका कार्यक्रम सञ्चालन गरेको हुनुपर्छ,’ सहसचिव अधिकारीले भने । बच्चाको सुनौला हजार दिनको अवधिमा ८० र पाँच वर्षभित्र ९० प्रतिशत मस्तिष्कको विकास हुन्छ । बच्चालाई पोषणको आवश्यकता पर्ने बेला नै यही हो । रासस

बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम

बागलुङ । सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । कृषि ज्ञान केन्द्र बागलुङले दुई वर्ष उमेर समूहका बालबालिकाको परिवारलाई कार्यक्रममा सहभागी बनाउने भएको हो ।      गण्डकी प्रदेश सरकारको ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषणयुक्त तरकारी उत्पादन तथा मह उत्पादनमा जोडेर पोषणमा सुधार गर्ने कार्यक्रम रहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।       सूचीकृत समूह वा सहकारीमा आबद्ध १५ देखि २५ जना सुत्केरी महिलाको समूहले यो कार्यक्रममा सहभागिता जनाउन पाउनेछन् । ‘दुई वर्षभित्रका बच्चा भएको परिवारका सदस्यले प्रमाणसहित कार्यक्रममा सहभागी हुन सक्छन्, त्यसका लागि क्लस्टर बनाउनुपर्छ’,  भट्टराईले भने, ‘यो कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छौं ।’ कार्यक्रमका लागि जिल्लाभर ३० लाख खर्चिइनेछ । एक जना बालबालिकाको परिवारले २० हजार अनुदान पाउनेछन् ।      समूहमा आउनेलाई थप प्रोत्साहन गरिने उनी बताउँछन् । ‘च्याउ खेती गरेको हुनुपर्छ, सानो प्लास्टिक टनेल र एक घार माहुरी हुनुपर्ने कार्यक्रमको विधि छ’,  उनले भने, ‘मह, च्याउ, तरकारी र आवश्यक पोषिलो वस्तु कौसीमा उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।’ यो कार्यक्रमले घरमै पोषणयुक्त तरकारी तथा मह उत्पादन गर्न प्रेरित गर्ने उनले बताए । बालबालिका दुई वर्षको हुँदासम्म सुत्केरी र बालबालिकाका लागि मह र तरकारी प्रयोग हुने र त्यसपछि करेसाको तरकारीले घरखर्च चलाउन सहज हुने कार्यक्रमको लक्ष्य छ । ‘सिकाइ पनि होस्, उत्पादन र प्रयोग पनि होस्’, भट्टराई भन्छन्, ‘सहयोगले परिवारमा कुपोषणका कारण आउन सक्ने ठूलो क्षतिलाई कम गर्छ ।’  कार्यक्रममा सहभागी हुन कार्यालयले आह्वान गरे पनि कसैले आवेदन भने दर्ता गराएका छैनन् । समूह चाहिने, दर्ता भएको हुनुपर्ने र कम्तीमा १० जनाभन्दा बढीको समूह हुनुपर्ने भएकाले प्रक्रिया पुर्‍याउन कठिन छ । समुदाय स्तरमा सचेतना र जागरणमार्फत कार्यक्रम प्रभावकारी बनाउने कार्यालयको योजना छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरिरहेका पोषण सुधारका काममा कृषि ज्ञान केन्द्रको कार्यक्रमले सहयोग गर्ने भट्टराईको विश्वास छ । रासस

बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम

सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ।

‘उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा

गोदावरी, २४ मङ्सिर: कैलालीको गोदावरी नगरपालिकाले सुत्केरीको पोषण सुधारका लागि ‘उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । संस्थागत प्रसूति सेवालाई थप प्रोत्साहन गरी मातृ तथा शिशु मृत्यु कम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख रत्ना कडायतले बताए । सुत्केरीमा पोषणको उपलब्धता तथा मातृशिशु मृत्युदर कम गर्नाका साथै सुरक्षित मातृत्वका लागि पोषण र […]

‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

“स्वस्थ आमा, स्वस्थ बच्चा” भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्मा बताउँछिन्। भत्ता रकम दुई हजार हुनेछ । सो कार्यक्रमलाई गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ।...

चीनमा पोषण सुधार कार्यक्रमबाट एक करोड १२ लाख बालबालिका लाभान्वित

बेइजिङ । चीनमा सञ्चालित पोषण सुधार कार्यक्रमबाट सन् २०२० को अन्त्यसम्ममा एक करोड १२ लाख बालबालिका लाभान्वित भएका छन् । चिनियाँ रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यस कार्यक्रमले देशका ८३२ वटा तुलनात्मक रुपमा कमजोर काउन्टीमा समेटेको थियो । यो कार्यक्रम सन् २०१२ देखि सञ्चालनमा छ । यस कार्यक्रम मार्फत विषम गरिबीमा बाँचिरहेका परिवारका ६ […]