काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर बिजुलीकाे माग बढेकाले काठमाण्डाैमा बत्ती गइरहेको बताउनुभयो । उहाँले माग धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकाले बत्ती गइरहेको बताउनुभयो । उहाँले काठमाण्डाै उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताउनुभयो ।
आज शुक्रवार काठमाण्डाैमा भएकाे कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘अहिले देशभर हाम्रो माग गएकाे वर्षकाे भन्दा २५ देखि ३० प्रतिशत...