मोरङ- प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले सानो आकारको मन्त्रीमण्डल विस्तार गरेका छन्। शुक्रबार विराटनगरमा मुख्यमन्त्री आचार्यले तेह्रथुमका लछुमन तिवारी र ताप्लेजुङका बलबहादुर सामसोहाङलाई मन्त्रीमण्डलमा सामेल गराएका हुन्। नवनियुक्त दुवै मन्त्रीले सपथग्रहण गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। मुख्यमन्त्री कार्यालयका अनुसार तिवारीलाई उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालय र सामसोहाङलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो। […]