सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता कोरोना संक्रमण दर बढ्न थालेसँगै प्रदेश सरकारले सर्तकता अपनाउन थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढेसँगै सुदूरपश्चिममा पनि त्यसको असर बढेको भन्दै सरकारले रोकथाम तथा नियन्त्रणको तयारी अपनाउन थालेको हो । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा प्रदेश कोभिड–१९ संक्रमण रोकथाम तथा ब्यबस्थापन समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै स्थानीय तहमा आईसोलेसन सेन्टर विस्तार गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्र