नेपालमा ६ वर्षमा २४३ विदेशी फिल्मको छायांकन

काठमाडौं । चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् । सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । […]

सम्बन्धित सामग्री

सुटिङ हब बन्दै नेपाल

पछिल्ला ६ वर्षमा वेभ सिरिज र डकुमेन्ट्रीसहित २४३ विदेशी फिल्म छायांकन, हलिउड–बलिउडका ठुल्ठूला ब्यानरको रोजाइमा पनि नेपाली ‘लोकेसन’ फिल्म सुटिङका लागि नेपाली निर्माता/निर्देशकले विदेशी भूमि ताकिरहँदा विदेशी सिनेकर्मी भने नेपालतर्फ आकर्षित...

ध्यान नपुगेको सिने टुरिजम

नेपाल टुरिजम बोर्ड वा व्यवसायीले पर्यटन क्षेत्रको प्रचारका लागि गरेको खर्च र उपलब्धिभन्दा विदेशीहरूले नेपालमा फिल्म सुटिङ गरिदिँदा पर्यटन प्रवर्द्धनमा बढी सहयोग पुगेको छ । त्यसैले यस्ता फिल्म सुटिङ भएर प्रदर्शनमा आएको वर्ष नेपालमा पर्यटक आगमनसमेत बढेको देखिन्छ । तर, नेपालले अहिलेसम्म सिने टुरिजमको महत्त्व नबुझेको देखिन्छ । नेपाल सरकार विदेशी फिल्म निर्मातालाई प्रोत्साहन र सहजीकरण गर्ने काममा निकै सुस्त रहेको छ । नेपालले भारत, चीनसहित अन्य मुलुकका सिनेमानिर्मातालाई नेपालमा सुटिङ गर्न आकर्षित गर्ने नीति लिनु जरुरी देखिन्छ । यस्तो हुन सक्यो भने नेपालले सिने टुरिजमबाट आर्थिक लाभ लिने मात्र नभई अन्तरराष्ट्रिय स्तरमा ख्यातिसमेत बढ्दै जानेछ । नेपालमा सुटिङ भएका फिल्महरूले नेपालको प्राकृतिक सौन्दर्यलाई विश्वभर फैलाइदिन्छन् । त्यसबाट प्रभावित भएर विदेशीहरू नेपाल आउँछन् । बक्स अफिसमा सफल फिल्म सुटिङ भएका स्थान हेर्नकै लागि पर्यटक जाने गरेको पाइन्छ । भारतमा बाहुबली सुटिङ भएको ठाउँ अहिले ठूलो पर्यटकीय गन्तव्य बनेको छ । त्यसैले नेपालमा पनि फिल्म सुटिङ गर्न आउनेहरूलाई स्वागत गर्नुपर्छ । स्वागतमात्र होइन, आमन्त्रण नै गर्नुपर्छ । नेपालमा सुटिङ भएको उचाइ फिल्मले अहिले भारतमा नेपालको निकै राम्रो प्रचार गरेको छ । त्यसो त नेपालमै बनेको निम्स पुर्जाको डकुमेन्ट्री १४ पिक्सले विश्वमा नेपालको प्रचार गर्‍यो । त्यस्तै नेपालमै बनेको प्रेमगीत–३ ले पनि नेपालको भौगोलिक सुन्दरताको प्रचार गर्‍यो । यसरी विश्व बजारमा पुग्ने फिल्मले नेपालको प्रचार गरी पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग गरेको देखिन्छ । नेपालमा सुटिङ भएका फिल्म प्रदर्शनमा नआएको वर्ष भने पर्यटक वृद्धिदर निकै सुस्त देखिन्छ । यो तथ्यले नेपालले विदेशी सिनेमा निर्माताहरूलाई नेपालमा सुटिङ गर्न विविध सहुलियत दिनुका साथै सहजीकरण गरिदिनुपर्ने कुरालाई स्पष्ट पार्छ । सुटिङका लागि आवश्यक उपकरण नेपालमै उपलब्ध हुने हो भने उनीहरूले कलाकार मात्रै ल्याए हुने थियो । थुप्रै मुलुकले फिल्म सुटिङका लागि पुग्ने निर्माण टोलीलाई जेजस्तो उपकरण चाहिन्छ ती उपलब्ध गराउँदा निकै सहज मान्ने गरेको पाइन्छ । फिल्म सुटिङ युनिटहरूलाई आकर्षित गर्न मुलुकहरूबीच प्रतिस्पर्धासमेत रहेको पाइन्छ । तर, नेपालमा भने त्यस्तो हुन सकेको छैन । उल्टै यस्तो कार्यको विरोध भएको समेत पाइन्छ । भारतीय सिनेमा क्षेत्रको ठूलो कार्यक्रम आइफा अवार्ड नेपालमा गर्न लाग्दा व्यापक विरोध भयो र सरकारले त्यो कार्यक्रमलाई सहयोग गरेन । त्यो कार्यक्रम गर्दा नेपालले पाउने प्रचार र त्यसबाट पर्यटन क्षेत्रले लिने लाभका बारेमा ध्यान नदिई विरोध भएको थियो । यसबाट नेपालले ठूलो अवसर गुमायो । नेपालमा बेलाबखत देखापर्ने अन्धराष्ट्रवादले ठूलो अवसर गुमाउनु परेको छ । फिल्म अवार्ड कार्यक्रम नेपालमा गराउन नसक्नु यसको उदाहरण हो । यस्तै कारणले हुन सक्छ नेपालमा पछिल्लो समय भारतीय सिनेमाको सुटिङ घटेको देखिन्छ । नेपालको सबैभन्दा ठूलो पर्यटन बजार भारत नै हो । भारतीय सिनेमा यहाँ छायांकन हुँदा भारतीय पर्यटकको संख्या मजाले बढ्छ । यो विज्ञापनबाट गरेको प्रचारभन्दा बढी प्रभावकारी हुन्छ । हिमाली र पहाडी भूभागको चित्रण गर्न खोज्ने सिनेमानिर्माताहरूलाई नेपाल सबैभन्दा बढी उपयुक्त मुलुक हो र यहाँ सुटिङ गर्नेलाई सरकारले निकै सहजीकरण गरिदिन्छ भन्ने सन्देश सिनेमानिर्माताहरूबीच पुर्‍याउन आवश्यक छ । विदेशी फिल्मले नेपालको नकारात्मक छवि चित्रण गर्दा समेत त्यस सिनेमाका कारण नेपालमा पर्यटक बढेको देखिन्छ । तर पनि सरकारले नेपालमा सुटिङ हुने विदेशी फिल्मको स्क्रिप्ट हेरेर मात्रै स्वीकृति दिनु उपयुक्त हुन्छ । नेपालले सिने टुरिजममा ध्यान दिन नसकेको पक्कै हो । आइफा अवार्ड मात्रै यहाँ गराउन सकेको भए त्यसले भारतीय सिनेमानिर्मातालाई यहाँ आकर्षित गर्थ्यो । भारतीय सिनेमा विश्व बजारभरि पुग्ने भएकाले त्यसले अन्य देशमा समेत प्रचारको काम गर्थ्यो । त्यसैले नेपालले भारत, चीनसहित अन्य मुलुकका सिनेमानिर्मातालाई नेपालमा सुटिङ गर्न आकर्षित गर्ने नीति लिनु जरुरी देखिन्छ । यस्तो हुन सक्यो भने नेपालले सिने टुरिजमबाट आर्थिक लाभ लिने मात्र नभई अन्तरराष्ट्रिय स्तरमा ख्यातिसमेत बढ्दै जानेछ ।

विदेशी फिल्म छायांकनमा लाग्ने शुल्कमा छुट दिने सरकारको घोषणा

काठमाडौँ– नेपालमा बेलाबखतमा विदेशी फिल्म छायांकनको लागि आउने गरेका छन्। सन् १९८९ मा शत्रुघन सिन्हा स्टार ‘जखम’ छायांकन भएदेखि गत वर्ष बलिउडकै  ‘उचाइ’ समेत नेपालमा सुटिङ भयो । यसबाहेक विजय सेतुपती, केके मेनन स्टारर ‘फर्जी’ छायांकन भएको पछिल्लो हिन्दी वेब सिरिज हो । नेपालको सुन्दरतालाई कैद गर्न र दर्शकलाई फ्रेस लोकेसन दिन फिल्मकर्मीहरू नेपाल आउने गरेका छन् […]

नेपाललाई विदेशी फिल्म छायांकन गन्तव्यका रुपमा विकास गरिने

काठमाडौं । सरकारले नेपाललाई विदेशी फिल्म छायांकनकको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुकलाई छायांकन गन्तव्यको रुपमा …

कान्समा जाँदै सुरक्षा पन्त

अभिनेत्री सुरक्षा पन्त ‍विश्व प्रसिद्ध फिल्म फेस्टिभल कान्समा सहभागी हुँदै छिन् । मनाङका केही भागमा छायांकन गरिएको विदेशी फिल्म 'द एइट माउन्टेन्स'मा निभाएको एक पात्रको भूमिकाले उनलाई कान्समा पुर्‍याएको हो ।

‘फिल्म खिच्न उपयुक्त थलो हो नेपाल’

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नेपालमा वार्षिक ९० वटा जति विदेशी फिल्म छायांकन हुने गरेका छन् । तीमध्ये कपितयले चाहिँ स्थानीय कथा र पात्रलाई पनि टिप्ने गरेका छन् । डकुमेन्ट्रीमा त प्राय: विषयवस्तु स्थानीय नै हुन्छन् । यहीँको ‘इस्यु’ रोज्नेमध्येका हुन्, जारा बलफर र मर्कस स्टेफेनसन ।