ध्यान नपुगेको सिने टुरिजम

नेपाल टुरिजम बोर्ड वा व्यवसायीले पर्यटन क्षेत्रको प्रचारका लागि गरेको खर्च र उपलब्धिभन्दा विदेशीहरूले नेपालमा फिल्म सुटिङ गरिदिँदा पर्यटन प्रवर्द्धनमा बढी सहयोग पुगेको छ । त्यसैले यस्ता फिल्म सुटिङ भएर प्रदर्शनमा आएको वर्ष नेपालमा पर्यटक आगमनसमेत बढेको देखिन्छ । तर, नेपालले अहिलेसम्म सिने टुरिजमको महत्त्व नबुझेको देखिन्छ । नेपाल सरकार विदेशी फिल्म निर्मातालाई प्रोत्साहन र सहजीकरण गर्ने काममा निकै सुस्त रहेको छ । नेपालले भारत, चीनसहित अन्य मुलुकका सिनेमानिर्मातालाई नेपालमा सुटिङ गर्न आकर्षित गर्ने नीति लिनु जरुरी देखिन्छ । यस्तो हुन सक्यो भने नेपालले सिने टुरिजमबाट आर्थिक लाभ लिने मात्र नभई अन्तरराष्ट्रिय स्तरमा ख्यातिसमेत बढ्दै जानेछ । नेपालमा सुटिङ भएका फिल्महरूले नेपालको प्राकृतिक सौन्दर्यलाई विश्वभर फैलाइदिन्छन् । त्यसबाट प्रभावित भएर विदेशीहरू नेपाल आउँछन् । बक्स अफिसमा सफल फिल्म सुटिङ भएका स्थान हेर्नकै लागि पर्यटक जाने गरेको पाइन्छ । भारतमा बाहुबली सुटिङ भएको ठाउँ अहिले ठूलो पर्यटकीय गन्तव्य बनेको छ । त्यसैले नेपालमा पनि फिल्म सुटिङ गर्न आउनेहरूलाई स्वागत गर्नुपर्छ । स्वागतमात्र होइन, आमन्त्रण नै गर्नुपर्छ । नेपालमा सुटिङ भएको उचाइ फिल्मले अहिले भारतमा नेपालको निकै राम्रो प्रचार गरेको छ । त्यसो त नेपालमै बनेको निम्स पुर्जाको डकुमेन्ट्री १४ पिक्सले विश्वमा नेपालको प्रचार गर्‍यो । त्यस्तै नेपालमै बनेको प्रेमगीत–३ ले पनि नेपालको भौगोलिक सुन्दरताको प्रचार गर्‍यो । यसरी विश्व बजारमा पुग्ने फिल्मले नेपालको प्रचार गरी पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग गरेको देखिन्छ । नेपालमा सुटिङ भएका फिल्म प्रदर्शनमा नआएको वर्ष भने पर्यटक वृद्धिदर निकै सुस्त देखिन्छ । यो तथ्यले नेपालले विदेशी सिनेमा निर्माताहरूलाई नेपालमा सुटिङ गर्न विविध सहुलियत दिनुका साथै सहजीकरण गरिदिनुपर्ने कुरालाई स्पष्ट पार्छ । सुटिङका लागि आवश्यक उपकरण नेपालमै उपलब्ध हुने हो भने उनीहरूले कलाकार मात्रै ल्याए हुने थियो । थुप्रै मुलुकले फिल्म सुटिङका लागि पुग्ने निर्माण टोलीलाई जेजस्तो उपकरण चाहिन्छ ती उपलब्ध गराउँदा निकै सहज मान्ने गरेको पाइन्छ । फिल्म सुटिङ युनिटहरूलाई आकर्षित गर्न मुलुकहरूबीच प्रतिस्पर्धासमेत रहेको पाइन्छ । तर, नेपालमा भने त्यस्तो हुन सकेको छैन । उल्टै यस्तो कार्यको विरोध भएको समेत पाइन्छ । भारतीय सिनेमा क्षेत्रको ठूलो कार्यक्रम आइफा अवार्ड नेपालमा गर्न लाग्दा व्यापक विरोध भयो र सरकारले त्यो कार्यक्रमलाई सहयोग गरेन । त्यो कार्यक्रम गर्दा नेपालले पाउने प्रचार र त्यसबाट पर्यटन क्षेत्रले लिने लाभका बारेमा ध्यान नदिई विरोध भएको थियो । यसबाट नेपालले ठूलो अवसर गुमायो । नेपालमा बेलाबखत देखापर्ने अन्धराष्ट्रवादले ठूलो अवसर गुमाउनु परेको छ । फिल्म अवार्ड कार्यक्रम नेपालमा गराउन नसक्नु यसको उदाहरण हो । यस्तै कारणले हुन सक्छ नेपालमा पछिल्लो समय भारतीय सिनेमाको सुटिङ घटेको देखिन्छ । नेपालको सबैभन्दा ठूलो पर्यटन बजार भारत नै हो । भारतीय सिनेमा यहाँ छायांकन हुँदा भारतीय पर्यटकको संख्या मजाले बढ्छ । यो विज्ञापनबाट गरेको प्रचारभन्दा बढी प्रभावकारी हुन्छ । हिमाली र पहाडी भूभागको चित्रण गर्न खोज्ने सिनेमानिर्माताहरूलाई नेपाल सबैभन्दा बढी उपयुक्त मुलुक हो र यहाँ सुटिङ गर्नेलाई सरकारले निकै सहजीकरण गरिदिन्छ भन्ने सन्देश सिनेमानिर्माताहरूबीच पुर्‍याउन आवश्यक छ । विदेशी फिल्मले नेपालको नकारात्मक छवि चित्रण गर्दा समेत त्यस सिनेमाका कारण नेपालमा पर्यटक बढेको देखिन्छ । तर पनि सरकारले नेपालमा सुटिङ हुने विदेशी फिल्मको स्क्रिप्ट हेरेर मात्रै स्वीकृति दिनु उपयुक्त हुन्छ । नेपालले सिने टुरिजममा ध्यान दिन नसकेको पक्कै हो । आइफा अवार्ड मात्रै यहाँ गराउन सकेको भए त्यसले भारतीय सिनेमानिर्मातालाई यहाँ आकर्षित गर्थ्यो । भारतीय सिनेमा विश्व बजारभरि पुग्ने भएकाले त्यसले अन्य देशमा समेत प्रचारको काम गर्थ्यो । त्यसैले नेपालले भारत, चीनसहित अन्य मुलुकका सिनेमानिर्मातालाई नेपालमा सुटिङ गर्न आकर्षित गर्ने नीति लिनु जरुरी देखिन्छ । यस्तो हुन सक्यो भने नेपालले सिने टुरिजमबाट आर्थिक लाभ लिने मात्र नभई अन्तरराष्ट्रिय स्तरमा ख्यातिसमेत बढ्दै जानेछ ।

सम्बन्धित सामग्री

लुम्बिनीमा सामुहिक ध्यान

लुम्बिनी । ‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान’ भन्ने मूल नारासहित लुम्बिनीमा चक्रविज्ञान ध्यान शिविर सुरु भएको छ । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा शनिबारदेखि शिविर सुरु भएको हो । कार्यक्रममा देशका ७७ ओटै जिल्ला र विभिन्न २० देशका पाँच हजार भन्दा बढी व्यक्तिहरूले सहभागिता जनाएका छन् । सात दिन सञ्चालन […]

कामकुरो एकातिर, गृहमन्त्रीको ध्यान ‘ध्यान’ तिर

काठमाडौं, १९ फागुन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको नख्खु कारागारका कैदीबन्दीलाई दिइएको विपश्यना ध्यान शिविरको समापन कार्यक्रममा सहभागी भएका छन् । उक्त विपश्यना ध्यान शिविरमा कारागारका ४५ जना कैदीबन्दी सहभागी थिए । उक्त कार्यक्रममा सहभागी भएका गृहमन्त्री श्रेष्ठले समाजमा नकरात्मकता बढेको भन्दै चिन्ता ब्यक्त गरे । गृहमन्त्री श्रेष्ठ ध्यान शिविरमा सहभागी भएको यो […]

मानसिक स्वास्थ्यका लागि नियमित ध्यान

ध्यान एक त्यस्तो मानसिक अवस्था हो, जहाँ मानिसले आफ्नो मस्तिष्क र मनलाई एकाग्र गर्ने कोसिस गर्छ । प्राचीन कालदेखि नै मानिसले ध्यानको अभ्यास गरिरहेका छन् । नियमित रूपमा ध्यान गर्नेहरूले विपरीत परिस्थितिमा...

दलहरूको ध्यान २०८४ तिर

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा व्यक्त प्रतिबद्धता पूरा गर्न जोडबल लगाउनुपर्ने राजनीतिक दलहरूको ध्यान भने चार वर्षपछि हुने निर्वाचनमा केन्द्रित देखिन्छ।...

ध्यान गर्दा के हुन्छ ?

पछिल्लो समय ध्यान-साधनातिर मानिसहरुको आकर्षण बढिरहेको छ । सामान्य रुपमा ध्यान भनेको आँखा चिम्म गरेर बस्नु, एउटै कुरामा ध्यानकेन्द्रित हुनु, मन्त्र जप्नु, भगवानको नाम स्मरण गर्नु वा माला जप्नु भनेर हामी सोच्छौं । तर यो ध्यान होइन यो एकाग्रता मात्रै हो । एक आसनमा बसेर आँखा बन्द गरेर एउटै वस्तु वा विषयमा ध्यानकेन्द्रित गर्दागर्दै ध्यानको […]

ध्यान भंग गरेर फर्किए अमिर

काठमाडौं । १० दिनसम्म मौन ध्यान गर्ने योजनासहित गत आइतबार नेपाल आएका बलिउड अभिनेता अमिर खान पाँच दिनमै ध्यान भंग गरेर स्वदेश फर्केका छन् । उनी इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । पाँच दिनसम्म पूर्णरूपमा मौन ध्यान गरेका आमिरले शुक्रबार बिहान काठमाडौं बूढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रबाट बिदा लिएका हुन् । बाँकी पाँच दिनको ध्यान […] The post ध्यान भंग गरेर फर्किए अमिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दलहरूको ध्यान उपनिर्वाचनमा

प्रमुख राजनीतिक दलहरूको ध्यान वैशाख १० गते हुने उपनिर्वाचनमा केन्द्रित भएको छ। प्रतिनिधिसभा सदस्यका लागि बारा २, चितवन २ र तनहुँ १ मा हुन लागेको उपनिर्वाचनमा सोमबार उम्मेदवारी मनोनयनसँगै दलहरूको ध्यान निर्वाचनमा केन्द्रित बन्न पुगेको हो।...

के हो विपश्यना ध्यान, विपश्यना कसरी गर्ने, ध्यान गर्दा के फाइदा हुन्छ ?

विपश्यना ध्यान योग एजेन्सी, २ मंसिर । ध्यानका प्रकारहरू र ध्यान गर्ने विधिहरूमा धेरै भिन्नता छ। धेरै प्रकारका ध्यानहरू छन्, जसमा धेरै प्रकारका विधिहरू पनि छन्। योग र ध्यानको तन्त्रमा हजारौं विधिहरू वर्णन गरिएको छ। हिन्दू, जैन, बौद्ध र ऋषि सङ्गतमा धेरै संस्कार र अनुष्ठानहरू छन्। विधि र कार्य भनेको तपाईको शारीरिक र मानसिक निद्रालाई […]

सवारी चलाउनेले ध्यान दिनुपर्ने कुरा

कहिलेकाहिँ सवारी चालकले ध्यान नपुर्याउँदा वा लापरबाही गर्दा दुर्घटना हुनसक्छ । यात्रामा निस्कदा सवारीचालकले सामान्य कुरामा ध्यान नपुर्‍याउँदा सवारीमा आएको समस्या कै कारण यात्रा खल्लो हुन सक्छ । यस्तोमा सवारी चलाउनुअघि के कुरामा ध्यान दिने जानि रहनुहोस् । – सवारी स्टार्ट गर्नुभन्दा पहिले लुब्रिकेन्ट र पानीको मात्रा सही छ/छैन, परीक्षण गर्नुपर्छ । – इन्जिन स्टार्ट […]