विराटनगर : प्रदेश १ सरकारद्वारा निर्माण गरिएको कोरोना जनसुरक्षा कोष सञ्चालक समितिले प्रदेशभरिका विभिन्न कार्यालयलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि ४ करोड ७५ लाख २६ हजार ५ सय रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।समितिको बिहीबार बसेको बैठकले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरलाई कोसी अस्पताल, कोभिड–१९ उपचार केन्द्रलगायत अस्पतालका लागि आवश्यक सेनिटाइजर, मास्क, पिपिई सेट, एन्टिजेन किट, आकस्मिक औषधिजस्ता कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारसँग