के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? गर्नुभएको भए ख्याल गर्नुहोला ! तर्पांँलाई कारबाही अथवा मुद्दा चल्न सक्छ । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा चलाएको छ । कार्यालयले चालू आर्थिक वर्षमा ट्याक्सीको मिटर बिगारेर यात्रुलाई बोक्ने एक चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । ट्राफिक प्रहरीको यही भदौ ७ गतेको अनुगमनका क्रममा मिटरलाई शून्य बनाएर चलाउने बा १ ज ६९६० नम्बरको ट्याक्सीविरु