– सातदोबाटो–लेले–टीकाभैरव सडकखण्ड अन्तर्गत चापागाउँमा लकडाउनअघि कालोपत्र गरियो । कोभिड–१९ को महामारीका कारण बीचमा राम्रोसँग सवारी साधन चलेनन् । तैपनि चैतसम्म आउँदा एक किमि सडक दूरीमा ३० भन्दा बढी खाल्डाखुल्डी छन् । अहिले खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम मात्र नभई धूवाँधूवाँले त्यस क्षेत्रका बासिन्दा कष्टकर जीवन बिताउन बाध्य छन् ।