नाडा ईभी अटो शो : यस्ता छन् प्रदर्शनीमा राखिएका टु ह्वीलरहरु

नेपालकै पहिलो नाडा ईभी अटो शो भृकुटीमण्डपमा जारी छ । गत बिहीबारबाट जारी अटो शोको आज तेस्रो दिन हो । उपलब्ध चार पाङ्ग्रेसहित तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ईभीमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ ।छोटो समयमा, त्यो पनि सीमित ब्राण्ड तथा उपलब्ध मोडलहरुबाट पनि अटो शोको रौनक भिन्न बनाइदिएको छ । अटो शोमा प्रदर्शित दुई पाङ्ग्रे ईभीबारेमा यहाँ चर्चा गर्न लागिएको छ ।कुन ब्राण्डका कस्ता इलेक्ट्रिक बाइक तथा स्कुटर प्रदर्शन हुँदैछन् ?ओलाचर्चित भारतीय दुई पाङ्ग्रे ईभी ब्राण्ड ओलालाई नेपालमा चौधरी ग्रुपले पहिलो

सम्बन्धित सामग्री

नाडा अटो शो २०२३ को बुकिङ खुल्यो

नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला भएको छ । भदौ देखि ३१ गतेसम्म हुने अटो शोका लागि स्टल बुकिङ खुल्ला गरेको हो । नेपालको सबैभन्दा ठूलो अटो शो काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ । नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा […]

तीन वर्षपछि हुने भयो नाडा अटो शो, नेपाली उत्पादनलाई प्रोत्साहन गरिने

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने भएको छ ।

ईभी अटो शो नाडाको मात्र होइन हाम्रो पनि हो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले ईभी अटो शो नाडाको मात्र नभएर सम्पूर्ण नेपालीको भएको जिकिर गरेका छन् । बिहीबारबाट राजधानीमा शुरु भएको नेपालको पहिलो ईभी अटो शो को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।‘ईभी अटो नाडाको मात्र होइन अब हाम्रो हो । अहिले विश्व नै ग्रीन अर्थतन्त्रको बहसमा प्रवेश गरिसकेको अवस्था छ। कसरी वातावरणमैत्री उत्पादन र प्रयोगमा ध्यान दिने भन्ने बहस चलिरहेको अवस्थामा नाडाले वातावरणमैत्री विद्युतीय सवारीको प्रदर्शनी शुरु गरेको छ । यसप्रति सरकार खुशी छ, आ

विद्युतीय गाडीको मात्र ‘अटो शो’ गर्ने तयारीमा नाडा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विशुद्ध ‘ईभी अटो शो’ को आयोजना गर्ने भएको छ । फ्यूल भेहीकल अर्थात् पेट्रोलियम गाडीको आयातमा कडाई भएसँगै नाडाले ईभी अर्थात् विद्युतीय गाडीहरूको मात्र अटो शो गर्ने तयारी गरेको हो । त्यसो त दशैं अघि नै ईभी अटो शो गर्ने गरी नाडाले तयारी गरेको अध्यक्ष ध्रुव थापाले रातोपाटीसँग बताए । ‘पहिलो पटक नाडाले ईभी अटो शो को परिकल्पना गरेको छ । सरकारले विदेशी मुद्रा सञ्चितिलाई कारण देखाउँदै सवारी साधनको आयातमा कडाईसँगै एलसी बन्द गरेपछि नयाँ गाडीहर

भदौमा हुने भनिएको नाडा अटो शो स्थगित

८ साउन, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो । नाडाले आगामी ७ भदौदेखि १२ भदौसम्म काठमाडौंमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो । […]

१५ औं संस्करणको नाडा अटो शो भदौ ७ गतेदेखि आयोजना हुने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको नाडा अटो शो भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंमा आयोजना गर्ने भएको छ । सोमबार बसेको नाडाको केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अटो शोको आयोजना गर्ने निर्णय गरेको हो । उक्त अटो शो १५ औं संस्करणको शो हो । प्रत्येक वर्ष दशैं तिहारलाई लक्षित गर्दै अटो शो गर्दै आएको नाडाले यसअघि यस्तै १४ वटा शो गरिसकेको छ । यद्यपि अघिल्ला दुई वर्ष भने कोभिड-१९ को महामारीका कारण अटो शो आयोजना हुन पाएन । तीन वर्ष

फागुनमा हुने भनिएको नाडा अटो शो स्थगित

९ फागुनदेखि १४ सम्म हुने भनिएको नाडा अटो शो रद्द भएको छ । नाडाको १७औँ कार्यसमितिको बैठकले अटो शो स्थगित गर्ने निर्णय गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

दुई पटक रोकिएको नाडा अटो शो फागुनमा हुने

लगातार २ पटकसम्म रोकिएको अटो शो नाडा कार्यसमिति बैठकले फागुन ९ देखि १४ गतेसम्म गर्ने निणर्य गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव अनुप बरालले जानकारी दिए

यो वर्ष पनि नाडा अटो शो नहुने पक्का

सन् १९९८ देखि सुरु भएको नाडा अटो शोे २०११ देखि बर्सेनि आयोजना भइरहेको थियो । नाडा अटो शो हालसम्म १४ वटा संस्करण सम्पन्न भइसकेको छ ।

नाडा अटो शो नहुने

काठमाडौं, साउन ६ । अटोमोबाइलको कुम्भमेला मानिने नाडा अटो शो यस वर्ष पनि नहुने भएको छ । कोरोनाको संक्रमण नघटेको र सरकारले पर्याप्त खोपको व्यवस्था पनि गर्न नसकेकाले अटो शो नहुने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘ संक्रमण घटेको छैन, तेस्रो लहर आउने चेतावनी पनि विज्ञले दिइरहेका छन्,’ उनले भने, ‘ग्राहक तथा व्यवसायीको स्वास्थ्य […]