नोबेल मेडिकल कलेजले रोक्‍यो अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीकाे पढाइ

विराटनगर - विराटनगरमा रहेकाे नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन रोकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ११ पुसदेखि पठनपाठन गर्न निर्देशन दिए पनि कलेजले दुई दिन पढाएर शुल्क नबुझाएको भन्दै बुधबारदेखि पढाइ राेकेकाे हाे । एमबीबीएसमा भर्ना भएका एक विद्यार्थीका अनुसार ११ पुसबाट …

सम्बन्धित सामग्री

केयूको निर्देशन नोबेल मेडिकल र केएमसीले टेरेनन्

काठमाडौं विश्वविद्यालयको निर्देशनलाई अटेरी गरी होस्टेल शुल्क चर्को नतिर्ने विद्यार्थीलाई नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले पठनपाठनमा सहभागी गराएका छैनन् । ११ माघमा काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क बुझाएका विद्यार्थीको रकम उनीहरूकै...

नोबेल मेडिकल कलेजअगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

२७ पुस, विराटनगर। एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए । प्रदर्शनपछि विद्यार्थी संगठनका नेताहरुले अतिरिक्त शुल्क मिनाहा […]

नोबेल मेडिकल कलेज फेरि तनावग्रस्त

विराटनगर : नोबेल मेडिकल कलेज फेरि तनावग्रस्त भएको छ।अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरु भएपछि आइतबार नोबेल मेडिकल कलेज विराटनगरमा तनाव सिर्जना भएको हो।अहिले नोबेलमा विद्यार्थीले तोडफोड गरेका छन् भने केही विद्यार्थीहरू घाइतेसमेत भएका छन्।विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति विपरीत नोबेलले कक्षा चलाएपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेलमा तोड

नोबेल मेडिकल कलेजमा तालाबन्दी

अतिरिक्त शुल्क विवादमा आन्दोलनरत विद्यार्थीले आज विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ताला लगाएका छन् । एमबीबीएस प्रथम वर्षका विद्यार्थीको आन्दोलनमा समर्थन जनाउन नोबेल मेडिकल कलेज पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्तासहितको टोलीले ताला लगाएको हो ।अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० जना हाराहारीमा विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोबेलको

अतिरिक्त शुल्क नबुझाउँदा पढाइबाटै वञ्चित

निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन्।यी कलेजले ४० लाखसम्म अतिरिक्त शुल्क मागेका छन्। जसमध्ये ४ लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थीको भनाइ छ। चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले तोकिएभन्दा बढी शुल्क नलिन निर्देशन दिए पनि कलेज सञ्चालकले त्यसको पालना गरेका छैनन्। नोबेल मेडिकलका प्रिन्सिपल प्रा।डा।रामहरि घिमिरेले अतिरिक्

नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्क नतिर्ने विद्यार्थी कक्षाबाट निकालिए

१५ पुस, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको छ । बुधबार शुल्क नुबझाउने विद्यार्थीलाई कक्षा कोठाबाट निकालेको कलेज प्रशासनले बिहीबार विद्यार्थीलाई गेटबाटै प्रवेश नदिएको हो । नोबेल मेडिकल कलेज काङ्ग्रेस नेता सुनील शर्माले सञ्चालन गर्दै आएका छन् । गेटमै रोकेकामा विद्यार्थीले विरोध गरेपछि छलफलका लागि पाँच […]

नोबेल मेडिकल कलेजले रोक्यो अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पढाइ

नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन बुधवारदेखि रोकेको छ । जिल्ला प्रशासन कर्यालय मोरङले पुस ११ गतेदेखि पठनपाठन गर्न निर्देशन दिएपछि पठनपाठन शुरू गरेको मेडिकल कलेजले २ दिन पढाएर शुल्क नबुझाएको भन्दै बुधवारदेखि पठनपाठन रोकेको छ । पुस ११ गतेबाट कक्षा शुरू गरे पनि १२ र १३ गते सेक्युरिटी गार्ड राखेर पठनपाठन गराइएको एमबीबीएसमा भर्ना भएका एक विद्यार्थीले बताए । बुधवारदेखि अतिरिक्त शुल्क नबुझाउनेको पठनपाठन रोकिएको र सबै शुल्क बुझाउनेलाई मात्र पढाइएको विद्यार्थीले जनाएका छन् । ...

अतिरिक्त शुल्क नलिन नोबेल मेडिकल कलेजलाई जिल्ला प्रशासनको निर्देशन

मोरङ । एमबीबीएस भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र पठनपाठन सुरु गर्न जिल्ला प्रशासन कार्यालय मोरङले नोबेल मेडिकल कलेज विराटनगरलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अभिभावक र कलेजका प्रतिनिधिसँगको छलफलपछि अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् । आयोगले तोकेभन्दा बढी अतिरिक्त शुल्क नलिन र पुस ११ गतेदेखि पठनपाठन […]

अतिरिक्त शुल्क लिएको भन्दै नोबेल मेडिकल कलेजका अभिभावक आन्दोलित

विराटनगर– नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाउन दबाब दिएको भन्दै विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७–२०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा झन्डै पाँच लाख रुपैयाँ बढी मागेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कलेजले आयोगले तोकेकोभन्दा चार लाख ८२ हजार बुझाउन दबाब दिएपछि अभिभावक तथा […]