नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन बुधवारदेखि रोकेको छ ।
जिल्ला प्रशासन कर्यालय मोरङले पुस ११ गतेदेखि पठनपाठन गर्न निर्देशन दिएपछि पठनपाठन शुरू गरेको मेडिकल कलेजले २ दिन पढाएर शुल्क नबुझाएको भन्दै बुधवारदेखि पठनपाठन रोकेको छ ।
पुस ११ गतेबाट कक्षा शुरू गरे पनि १२ र १३ गते सेक्युरिटी गार्ड राखेर पठनपाठन गराइएको एमबीबीएसमा भर्ना भएका एक विद्यार्थीले बताए ।
बुधवारदेखि अतिरिक्त शुल्क नबुझाउनेको पठनपाठन रोकिएको र सबै शुल्क बुझाउनेलाई मात्र पढाइएको विद्यार्थीले जनाएका छन् ।
...