कोरोनाको त्राससँगै सरकारले आउने वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विगतमाझैँ राजसी शैलीमा प्रस्तुत र लकडाउनले सुनसान बनाएको सडकमा पनि राष्ट्रपतिको सवारी सामान्य अवस्थाको देखिएन । मास्कबिना नै, दूरी कायम गर्ने नीतिबिना नै सुरक्षाकार्मीहरू सडकभरि तैनाथ गराएर राष्ट्रपतिको सवार गराइयो । कोरोनाले सडकमा मान्छे चूँसम्म गर्ने अवस्थामा नभएको मौका पारी वसन्तले सडकभरि नयाँ मुहार देखाइरहेको मनमोहक दृश्यावलोकन गर्दै सामान्य बग्गी, घोडचढी साथ राष्ट्रपतिको सवारी मएको टिभीबाट हेर्न उत्सक थिए नेपालीहरू भनौँ मतदाताहरू । वेस्ट मिनिस्टेरियल शैलीको आदर्श लोकतन्त्रको अभ्यास भइरहँदा योग्यता, जवाफदेहिता, पारदर्शिता, जिम्मेवारी बोधका साथ सञ्चालित सरकारले आपूm र आफन्त निकटले राज्यको सबै अंग पूर्ति गर्ने प्रयास गर्नु हुन्न ।