काठमाडौं : आफू पक्षको सांसद्को हस्ताक्षरसहितको राजीनामा पत्र लिएर संसद् सचिवालयमा पुगेका माधवकुमार नेपालसँग भेटेपछि संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी एकता बलिया बनाएर लानुपर्छ भन्नेमा विवाद नभएको बताएका छन्।
नेता नेपालसँगको छलफलपछि निस्केको नेम्वाङले भने, ‘पार्टीको समस्या र एकताको विषयमा गम्भीर छललफल भयो। प्रधानमन्त्रीको चिन्ता र सरोकारको विषय हामीले राखेका छौँ। उहाँले पनि आफ्नो कुराहरु राख्नुभयो। उहाँको कुरा प्रधानमन्त्रीसमक्ष पुर्याउछौँ।’
पार्टीमा विवाद भए पनि एकतालाई बलियो बनाएर लान...