४ फागुन, काठमाडौं । गत २८ माघमा ‘आबुधाबी डायलग’ को साइडलाइन भेटमा नेपालले एक महिनाभित्रै श्रम सम्झौता गर्न राखेको प्रस्तावमा साउदी अरेबियाका अधिकारीले स्पष्ट जवाफ दिएनन् । बरु घरेलु श्रमिक अर्थात् विशेषगरी महिलालाई विदेश पठाउन नेपालले लगाएको बन्देज कहिले खुल्छ भनेर चासो राखे । युनाइटेड अरब इमिरेट्स (यूएई)को अबुधाबीमा भएको उक्त छलफलमा साउदी अरेबियाले एक […]