श्रम सम्झौतामा शून्य लागतलाई प्राथमिकता

सरकारले वैदेशिक रोजगारीका लागि तोकेका नयाँ तथा पुराना श्रम गन्तव्यसँग श्रम सम्झौता र परिमार्जन गरी खस्किँदो वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्ने अभियान थालेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार, युएई साउदी अरब, मलेसिया लगायतका श्रम गन्तव्यसँग गरिएको सम्झौतालाई परिमार्जन र केही नयाँ गन्तव्यसँग नयाँ सम्झौता गर्ने तयारी गरेको हो।श्रममन्त्री कृष्णाकुमार श्रेष्ठले हालै खाडीका प्रमुख श्रम गन्तव्य, सेसेल्स र मलेसियाको भ्रमण गरी श्रम सम्झौता गर्ने तयारी थालेका छन् । नेपालबाट हाल व्यावसाय