विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ का तीन ठुला सरकारी अस्पतालमा आईसीयु, भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा ट्याङ्क निर्माणका लागि ३४ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ ।सम्बन्धित अस्पतालका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि १८ करोड ८० लाख, कोशी अस्पताल विराटनगरका लागि ६ करोड ८० लाख र मेची अस्पतालका लागि ९ करोड रुपैयाँ निकासा भएको हो । तर सरकारले आर्थिक वर्ष सकिन लाग्दा बजेट निकास गरेकाले समयसीमाभित्रै आवश्यक उपकरण खरिद गर्न नसकेको खण्डमा बजेट फ्रिज हुने