निर्देशन अवज्ञा गर्दै क्रसर

रुकुमपश्चिमका विभिन्न स्थानमा स्थानीय सरकारको निर्देशन अवज्ञा गर्दै अवैध क्रसर उद्योग सञ्चालनमा छन् । गृह मन्त्रालय र स्थानीय सरकारले पटक पटक कानुनी दायरामा आउन सूचना गर्दासमेत बेवास्ता गर्दै व्रmसर उद्योग सञ्चालनमा छन् ।

सम्बन्धित सामग्री

ठेकेदारले नटेर्दा भेरी नगरपालिका हैरान

जाजरकोटको भेरी नगरपालिकाले पटकपटक क्रसर उद्योग सञ्चालनका लागि कानुनी दायरामा आउन पत्राचार गरे पनि क्रसर उद्योग सञ्चालकले मनोमानी गरेको पाइएको छ । कानुनी प्रक्रिया मिलाएर मात्र क्रसर उद्योग सञ्चालन गर्न नगरपालिकाले यती बिल्डर्सलाई पटकपटक पत्र पठाए पनि अवज्ञा हुँदै आएको नगरपालिकाले जनाएको छ । कानुनतः कुनै पनि उद्योग सञ्चालन पूर्व उद्योग तथा उपभोक्ता हित संरक्षण […]

अवैध क्रसर उद्योगमा प्रशासनको ताला

उद्योगले दुई वर्षदेखि उद्देश्यविपरीत क्रसर उद्योग सञ्चालन गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको पटकपटकको अनुगमनका क्रममा क्रसर उद्योग बन्द गर्न मौखिक तथा लिखित निर्देशन दियो। निर्देशनको अवज्ञा भएपछि प्रशासनले सो उद्योग सिल गरिदिएको छ।...

सरकारी निर्देशन अवज्ञा गदै मापदण्ड विपरीत उत्खनन गर्दै क्रसर उद्याेग

मापदण्डबिना नै वषौंदखि सञ्चालनमा रहेका क्रसर उद्योगलाई मापदण्ड पूरा गरेर सञ्चालनमा गर्न दिने सरकारको निर्देशनलाई धज्जी उडाउँदै फेरि मापदण्ड बिना नैे नदीजन्य पदार्थ उत्खनन गर्न थालेका छन् । सुनकोशी, इन्द्रावती लगायतका नदीमा क्रसर उद्योगहरुले मापदण्डबिना नै पटकपटक नदीजन्य पदार्थ उत्खनन गर्न थालेपछि बस्ती र जमिन पहिरो जाने खतरा बढेको छ । उनीहरुले नदीका धार परिवर्तन गदै बीस मिटर भन्दा गहिराई गरेर मापदण्ड विपरीत बनलुवा, गिट्टी, रोडा निकालिरहेका छन् । क्रसरहरुले नदीको बीच भागमा हिमपाइप बिच्छाएर अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् ।

प्रशासनको आदेशले पनि अवैध क्रसर रोकिएनन्

सन्तोष महतारा गुल्मी-सरकारले अवैध क्रसर उद्योग माथि प्रतिबन्ध लगाउन गृह मन्त्रालयमार्फत् निर्देशन गरे पनि अवैध काम भने रोकिएको छैन । अवैध क्रसर उद्योगहरूले सरकारी निर्देशनको अवज्ञा गरिरहेका छन् । गुल्मीमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाए पनि ठेकेदारले अवैध धन्दा गरिरहेका छन् । मापदण्डविपरीत सञ्चालन गरिएका अवैध क्रसर बन्द गर्न कार्यालयले अनुरोध गरिरहे पनि निर्माण व्यवसायीले […]

३९ क्रसर उद्योगद्वारा धनुषा र महोत्तरी जिससको निर्देशन अवज्ञा

प्रदेश नम्बर २ मा अवैधरूपमा बालुवा, गिट्टी तथा ढुंगालगायतका सामग्री उत्खनन भइरहेको छ । दिनानुदिन क्रसर उद्योगले खोलाबाट अवैधरूपमा बालुवा तथा गिट्टी उत्खनन गर्दै आएपछि जिल्ला समन्वय समितिले ३९ क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गराउन निर्देशन दिएको छ । जिससले धनुषा र महोत्तरी जिल्लामा बिना दर्ता नै सञ्चालनमा रहेको तथा सरकारी मापदण्ड पूरा नगरेका क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रलाई तत्काल बन्द गर्न निर्देशनसहितको परिपत्र गरिसकेको छ ।