‘देश भन्नु ढुंगा र माटोको भूगोल मात्र होइन । साहित्य, संगीत तथा कला कुनै पनि देशको मुहार हो । साहित्य, कलाबिना देशको केही अर्थ नै छैन,’ गत बुधबार संगीत प्रवीण नरराज ढकालको १०१ औं जन्मजयन्तीका अवसरमा अर्का संगीत प्रवीण मोहनप्रसाद जोशी बोले । राज्यले सर्जकहरूप्रति गरेको बेवास्तालाई उनले इंगित गर्दा समारोहमा सहभागी धेरैजसो भावुक बने ।