बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा आठ लाख बढीको क्षति

कञ्चनपुर । अनौखी खोला र धारापानी नदीको बाढीले शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका शङ्कर साउदको माछापोखरी र बङ्गुरको खोर बगाएको छ । दुई दिनअघि आएको बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा रु आठ लाख बढीको क्षति भएको छ । खोरमा पालिएका बङ्गुर र माछापोखरीमा रहेका माछा बाढीले बगाएपछि क्षति व्यहोर्नु परेको साउदले बताउनुभयो । “ऋण निकालेर माछापालन […]

सम्बन्धित सामग्री

पहिरोले खानेपानीको पाइप बगाउँदा ४५ लाख बढी क्षति

इलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा आपूर्ति हुँदै आएको खानेपानीको मुहानको पाइप पहिरोले बगाउँदा ४५ लाख बढीको क्षति भएको छ ।

कागबेनीलाई पुरानै लयमा फर्काइँदै

म्याग्दी । दुई महीनाअघिको बाढीको पीडा भुलेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीका बासिन्दा पुनःनिर्माणमा जुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो ।  गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताए ।   ‘बस्तीमा पसेको बाढीको गेग्रान पन्छाउने काम जारी छ । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ । खानेपानी र विद्युत् आपूर्ति सहज बनाएका छौं,’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छौं । यी काम गर्न छिमेकी गाउँका बासिन्दाले आर्थिक सहयोगका साथै श्रमदान गर्नुभएको छ । सुरक्षा निकायले पनि जनशक्ति उपलब्ध गराएका छन् ।’ गाउँपालिका, दाता र प्रभावितहरूले रु एक करोडभन्दा बढी चन्दा जुटाएर कागबेनी बजारमा थुप्रिएको गेग्रान उठाएर फाल्ने काम गरिरहेका छन् । छिमेकी गाउँका बासिन्दाका साथै पोखरा, काठमाडौं र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम सङ्कलन गरेर पठाएका हुन् । व्यक्तिगत घरभित्र पसेको गेग्रान पन्छाउन घरधनीले मजदुर परिचालन गरेका छन् । चन्दाको रकम परिचालन गरेर चार डोजर, ब्याकुहोलोडर परिचालन गरी खोला र सार्वजनिकस्थलको बाढीको गेग्रान निकालेर टिपरमा राखेर फाल्ने काम भइरहेको उनले बताए ।   तिरीगाउँ र कागबेनीमा आवतजावत गर्न तीनवटा अस्थायी पुल बनाएर आवतजावत सहज बनाइएको छ । घर पूर्ण क्षति भएका बाहेकका सर्वसाधारण बाढी पन्छाएर घर र व्यवसायमा फर्किएका छन् । बाढीले घर भत्काएपछि करीब एक महीना छिमेकीकोमा आश्रय लिएर बसेकी युनुङ गुरुङले गोठलाई मर्मत गरेर त्यहाँ बस्न थालेको र बाढी पन्छाएपछि घर पुनःनिर्माण गर्ने योजना रहेको बताइन् ।  क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए । ‘बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरेका छौं,’ उनले भने, ‘जोखिमको प्राविधिक अध्ययन गरेर बाढीको दिगो नियन्त्रणको योजना आवश्यक छ ।’ भवनमा बाढी पसेपछि क्षति भएको जनशान्ति माविको भवन स्थानान्तरणको पहल गरिएको सहायक प्रअ मनवीर किसानले बताए । कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनमा क्षति गरेको थियो ।  कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनलगायत १४  गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको थियो । व्यक्तिका ५० घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको थियो । उक्त बाढीबाट २९ घरमा पूर्ण क्षति पुगेको छ । नौ गोठमा पूर्ण र १५ मा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ पशु चौपाया पनि मरेका थिए । रासस

बाढी-पहिरोका कारण जलविद्युतमा ८ अर्ब बढीको क्षति

काठमाडौं । यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिरोका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोडको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ताप्लेजुङ, संखुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा आठ अर्ब ८४ करोडको क्षति पुगेको बताएको […]

बाढीले २३ सिँचाइ नहर बगाउँदा ४ करोड बढीको क्षति

जुम्लामा बाढीले २३ वटा सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको छ । कात्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले जुम्लाका २३ वटा नयाँ तथा पुराना सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको हो ।बाढीले विशेष गरी तातोपानी र तिला गाउँपालिकाका सिँचाइ नहर(कुलो)मा क्षति गरेको पाइएको छ । जसका कारण हिउँदे […]

बाढीले दरखोला लघुजलविद्युत् आयोजना बगायो

म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बाढीले बगाएको छ । सोमबार अविरल वर्षासँंगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघुजलविद्युत् परियोजनाको नहर, बाँध र विद्युत्गृह बाढीले बगाएको हो । पावर हाउस भएको ठाउँमा खोला बगेको छ ।पहिरो र बाढीका कारण लघुजलविद्युत् परियोजना बगाउँदा करिब एक करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका […]

बाढीले बगायो म्याग्दीको विद्युतगृह

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत गृह बगाएको हो । वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघु जलविद्युत् परियोजना बगाउँदा करिब रु एक करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । उनका अनुसार दुई वर्षअघि पुनःनिर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए । मध्

बाढीपहिरोबाट सडक र पुलमा १ अर्बभन्दा बढीको क्षति

काठमाडौं, असार १७ । यो वर्षको मनसुन शुरू भएयताका २ हप्ता अर्थात् मध्यअसारसम्ममा मात्रै बाढीपहिरोबाट मुलुकभरका सडक तथा पुलहरूमा १ अर्बभन्दा बढीको क्षति भएको छ । बाढीका कारण सडकहरू वासआउट हुँदा, पुल, डाइभर्सनहरू समेत बगाउँदा अहिलेसम्म उक्त रकम बराबरको क्षति भएको सडक विभागको प्रारम्भिक आकलन छ । जेठ ३१ गतेदेखि असार १५ गतेसम्ममा आइपुग्दा मुलुकभरका […]

पाँचखाल खानेपानी आयोजनाको संरचना बाढीले बगायो

काभ्रे : पाँचखाल शहर खानेपानी तथा सरसफाइ आयोजनामा सुनकोसी र इन्द्रावती नदीमा आएको बाढीले करोडौँको क्षति पुर्‍याएको छ। अविरल वर्षासँगै आएको बाढीले आयोजनाको मुहान क्षेत्रमा निर्माणाधीन संरचनाहरु बगाएसँगै पुरिँदा दुई करोड बढीको क्षति पुगेको हो।  खानेपानी आयोजनाका सचिव मनिराज गौतमले बाढीको कारण आयोजनाको मुहान क्षेत्र भुम्लु गाउँपालिका वडा नं. १० स्थित घिमिरे बगरमा निर्माण भइरहेको सम्पूर्ण संरचनामा बगाउँदा र पुरिँदा २ करोड बढीको क्षति पुगेको जानकारी दिए। उनका अनुसार निर्माणाधीन आयो...

पहिरोले पावर हाउस बगाउँदा ४५ लाख क्षति, १२३ घर बिजुलीविहीन

संखुवासभा : चैनपुर नगरपालिका–१ को याङ्सीजुङमा पहिरोले निदुवा खोला लघुजलविद्युत् आयोजनाको पावर हाउस बगाएको छ। गत शुक्रबार दिउँसो ३ बजे वर्षासँगै गएको पहिरोले आयोजनाको १२ किलोवाट बिजुली उत्पादन गर्ने पावर हाउस बगाएको हो। पावर हाउस बगाउँदा करिब ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अयोजनाका पूर्वअध्यक्ष लक्ष्मीकुमा...

बाढी र डुबानले एघार करोड क्षति

बाढी र डुबानका कारण कृषि तथा पशु चौपायातर्फ १० करोड ७५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले दिएको जानकारीअनुसार एक हजार ११५.७४ हेक्टर क्षेत्रफलको धान मकै बगाउँदा आठ करोड २६ लाख ६२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, बाढीले १०२.४ मेट्रिक टन सञ्चित खाद्यान्न बगाउँदा ५१ लाख ५२…