काठमाण्डाै - विना कसुर भारतीय जेलमा ४१ वर्ष थुनिएर गएको चैतमा रिहा भएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना दीपक जैसीलाई तत्काल भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले आदेश दिएको छ ।
उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात आठ लाख नेपाली रुपैयाँ जम्मा गर्न पश्चिम बङ्गाल सरकारलाई आदेश दिएको हो ।
आदेशअनुसार अबको ६ हप्ताभित्र दीपक जोशीको खातामा बङ्गाल सरकारले रकम जम्मा गर्नु प...