नेकपा एमालेको १० औँ महाधिवेशन आउन दुई दिन मात्रै बाँकी रहँदा पनि महोत्तरीमा महाधिवेशन प्रतिनिधि चयन विवाद सुल्झिन सकेको छैन । महोत्तरीको निर्वाचन क्षेत्र नं. १, २ र ४ मा सहमति जुट्न नसकेको हो । निर्वाचन क्षेत्र नं. ३ मा भने कालीचन्द्र साह, रामआधार कापर, सिताराम झा, देवमनी देवी मण्डल र गीता महतोलाई सर्वसम्मत प्रतिनिधि चयन गरेको एमाले महोत्तरीका अध्यक्ष रामदयाल मण्डलले जानकारी दिए ।जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले भने महोत्तरीका सबै क्षेत्रमा प्रतिनिधि चयन सर्वसम्मत भएको दाबी गरे । &lsq