सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा गरेको छ। २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि उक्त रकम निकासा गरिएको हो।बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत ६१ लाख ८५ हजार रूपैयाँ राहत रकम पठाएका छन्। यस्तै दुई कर