काठमाडौं । आइएमई पेले ‘गोल्डस्टार सुजसँग नयाँ वर्ष’ अफर सार्वजनिक गरेको छ । सोमवारदेखि शुरू भएको यो अफर २०८० वैशाख ५ सम्म कायम रहने बताइएको छ । यस अफरअन्तर्गत गोल्डस्टार सुजको आधिकारिक शोरुमबाट जुत्ता खरीद गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छूट प्राप्त गर्न सकिनेछ । आइएमई पे र गोल्डस्टार सुजले सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धन गर्न सो सम्झौता गरिएको बताइएको छ । आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी गर्ने सुविधा रहेको कम्पनीको भनाइ छ ।