लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले वर्तमान संविधानमा सबैथोक छ तर केही पनि नरहेको जस्तो देखिएको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले भने, ‘जहाँ सबैथोक हुन्छ, त्यहाँ केही पनि हुँदैन ।’उनले संघीयता आए पनि कस्तो संघीयता आयो भन्ने अझै थाहा हुन नसकेको बताए । आफूहरुले संविधानका विरुद्ध मधेस आन्दोलन गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धिको रक्षा ग