कश्मीरमा आतंककारी आक्रमण बढेको भन्दै मुलसमान नेताद्वारा चिन्ता व्यक्त

काठमाडौँ– हालै भारत प्रशासित जम्मु कश्मीरमा सांघातिक आक्रमणको श्रृङ्खला बढिरहेको भन्दै मुसलमान नेताहरुले चिन्ता व्यक्त गरेका छन् । जम्मु कश्मीरका ग्राण्ड मुफ्ती नासिर उल इस्लामले यस्ता ‘अमानवीय अपराध’ को छानबिन गर्न माग गरेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार उनले जनताको सुरक्षामा ध्यान दिई हरेक धर्मावलम्बीबीचको भातृत्व कायम गर्न समेत आह्वान गरे । उनले […]

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मी बिदेसिने क्रम वृद्धि

पेसागत सुरक्षा नहुँदा नेपालबाट चिकित्सक विदेसिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन–२०७९) बारे आमनागरिकलाई बुझाउन नसक्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथिको आक्रमण बढ्दा बिदेसिने क्रम बढेको बताइएको हो ।

गभर्नर निलम्बन प्रकरण : सत्तारुढ दल कांग्रेसभित्रै असन्तुष्टि

सरकारले राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गरेको सन्दर्भमा सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले नै असन्तुष्टि पोखेका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार चलाउने नाममा लोकतान्त्रिक मुल्यमान्यता र प्रक्रिया मिचेर काम गर्दा पार्टी र मुलुकलाई नोक्सानी हुने जोखिम बढेको नेताहरूको भनाइ छ । मुलुकमा लोकतन्त्रको धरोहरकारुपमा रहेका संस्थाहरूमा एकपछि अर्को आक्रमण हुने र ती संस्थाको अस्तित्वमाथि प्रश्न उठाउने क्रम बढेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।

युक्रेन संकटका कारण अकाशियो खाद्यान्नको भाउ

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व बजारमा खाद्य पदार्थको मूल्य अकाशिएर अहिलेसम्मकै सर्वाधिक भएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायत पदार्थको मूल्य अत्यधिक बढेको हो।युद्धका कारण अन्तरराष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको हो। रुस-युक्रेन युद्ध नरोकिए भाउ बढ्ने क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्यून आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले

युक्रेनमा स्वास्थ्य संस्थामाथि रुसको आक्रमण बढ्यो : डब्ल्यूएचओ

युक्रेनमा स्वास्थ्य संस्थामाथि आक्रमण बढेको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ। रुसले युक्रेनमा आक्रमण सुरु गरेयता स्वास्थ्य संस्थालक्षित ४३ वटा आक्रमणका घटना भएका डब्ल्यूएचओले जनाएको छ। ती आक्रमणमा परि ज्यान गुमाउने र घाइते हुनेमा स्वास्थ्यकर्मी पनि रहेका छन् । तर पूर्ण विवरण खुलाइएको छैन। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले सुरक्षा परिषद् बैठकमा स्वास्थ्य संस्थामाथि गरिएको हमलाबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको बताउनुभएको छ । आक्रमणका घटनाबाट अत्यावश्यकीय आपूर्ति पुर्याउन राष्...

विकल्प कूटनीतिक समाधान

रुस र युक्रेनबीच युद्ध भड्किएको छ । रुसी सैनिकले आक्रमण गरेको र युक्रेनी सैनिकले पनि जबाफी कारबाही गरेको समाचार प्राप्त भइरहेका छन् । युद्धमा सैनिकलगायत सर्वसाधारणको हताहतको खबर पनि छ तर आधिकारिक रूपमा कुन पक्षले कति विनाश ग¥यो भन्ने बारेमा सम्पूर्ण तथ्याङ्क उपलब्ध छैनन् । युद्ध आक्रामक हुँदै गएको समाचार सार्वजनिक भएका छन् । विश्वका सबैजसो सञ्चारमाध्यमले हरेक दिन रुसी सैनिक र सैनिक गतिविधि नाटकीय ढङ्गले बढेको र युद्ध झन् खतरनाक हुँदै गएको आकलन गरेका छन् । यसका साथै एक लाखभन्दा बढी युक्रेनी नागरिक छिमेकी देशमा विस्थापन भइसकेका छन् संयुक्त राष्ट्रसङ्घका महासचिव एन्थोनी गुटरेसले बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रसङ्घले युद्ध रोक्न र कूटनीतिको कुनै विकल्प नभएको भनेर विज्ञप्तिसमेत प्रकाशित गरेको छ ।

अफगानिस्तानमा तालिवानको आक्रमण बढ्दो, ५० भन्दा धेरै जिल्ला कब्जामा

काठमाण्डाै – अफगानिस्तानमा विद्रोही समूह तालिवानले हिंसात्मक घटना बढाएको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । अमेरिकाले आफ्ना सेनालाई स्वदेश फर्काउने भए पछि तालिवानले विभिन्न प्रान्त र जिल्लालाई कब्जा गर्न नियोजित तरिकाले चरणबद्ध रुपमा आक्रमण गर्न थालेको राष्ट्र संघले जनाएको छ । तालिवानले धेरै जिल्लामा कब्जा जमाएको छ । राष्ट्र संघका अनुसार गएको मे महिना यता मात्रै ५० भन्दा धेरै जिल्लालाई तालिवानले कब्जामा लिएको छ । यसले अफगानिस्तानसँगै अन्य देशमा पनि सुरक्षाको जोखिम बढेको खबरमा उल्लेख छ । तालिवानले ठ...

ब्याङ्कमा साइबर आक्रमण बढ्नुमा 'प्रयोगकर्ताको पनि दोष'

केही वर्षयता साइबर आक्रमण गरेर नेपाली ब्याङ्कहरूबाट रकम चोरी गर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला साइबर सुरक्षाविज्ञहरू भन्छन्- प्रयोगकर्ताको तहबाट सतर्कता अपनाइए जोखिम कम हुन सक्छ।