युक्रेनमा स्वास्थ्य संस्थामाथि आक्रमण बढेको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ।
रुसले युक्रेनमा आक्रमण सुरु गरेयता स्वास्थ्य संस्थालक्षित ४३ वटा आक्रमणका घटना भएका डब्ल्यूएचओले जनाएको छ। ती आक्रमणमा परि ज्यान गुमाउने र घाइते हुनेमा स्वास्थ्यकर्मी पनि रहेका छन् । तर पूर्ण विवरण खुलाइएको छैन।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले सुरक्षा परिषद् बैठकमा स्वास्थ्य संस्थामाथि गरिएको हमलाबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको बताउनुभएको छ । आक्रमणका घटनाबाट अत्यावश्यकीय आपूर्ति पुर्याउन राष्...