सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनसँगै प्रदेश सरकार फेरबदलका कसरतहरू चलिरहेका छन् । प्रदेश १ र बाग्मती दुवै प्रदेशका मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेलविरुद्ध नेकपाकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेश सभा चल्नेबित्तिकै दुवै प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछन् । प्रदेश १ र बाग्मती दुवै प्रदेशका मुख्यमन्त्री ओलीनिकट मानिन्छन् ।
दुवैलाई प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्तावमार्फत हटाउन चाहेको छ । तर मुख्यमन्त्री हटाउने अभियानमा दुवै प्रदेशमा प्रतिपक्षीका रूपमा रहेको नेपाली कांग्रेसको भूमिका ...