बाँके – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिनुभएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतवार (आज) टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी) का संयोजक पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो ।
उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनेतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताउ...