सुर्खेत । पछिल्लो समय कर्णालीमा पनि कोरोनाको अवस्था भयावह बन्दै गएको छ । दैनिक सयौँ कोरोनाका बिरामी थपिनुका साथै दैनिक मान्छेको मृत्यु भइरहेको अवस्था छ । कर्णालीमा कोरोनाको अवस्था भयावह बन्दै गएपछि प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार साँझ बिरामी भेट्न अस्पतालमै पुगेका छन् । उनले प्रदेश अस्पताल सुर्खेत पुगेर कोभिड संक्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा जानकारी लिए । उनले अनुगमन पश्चात उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । शाहीले कोभिड आइसोलेशन व