अध्यादेश अनुसार संवैधानिक अंगमा भएका नियुक्ति बदर गर्न अधिवक्ता अर्यालको तेस्रो निवेदन
अधिवक्ता ओमप्रकाश अर्यालले केपी ओली सरकारले ल्याएका दुई संवैधानिक परिषद सम्बन्धी अध्यादेश अनुसार दुईपटक नियुक्ति पाएका ५२ जना पदाधिकारीको सेवासुविधा रोक्न माग गर्दे सर्वोच्च अदालतमा पूरक रिट दायर गरेका छन्।
सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा अध्यादेश जारी गरी संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै पूरक निवेदन दर्ता भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय लगायतलाई विपक्षी बनाई अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार दर्ता गरेको पूरक निवेदनमा गत मङ्सिर ३० र गत वैशाख २१ […]
काठमाडौं, साउन ५ । केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक निकायमा गरेका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा यसअघि दर्ता भएका रिट निवेदनमा सुनुवाइ नभएको भन्दै सोमबार पूरक निवेदन दर्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश भने बदर गरिसकेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले यसअघिका निवेदनमाथि सुनुवाइ नभएको भन्दै तेस्रोपटक […]
रासस। सर्वाेच्च अदालतमा विभिन्न संवैधानिक निकायमा भएका नियुक्ति संविधानको भावनाविपरीत भएको उल्लेख गर्दै ती निर्णय बदर गर्न आदेशको माग गर्दै पूरक निवेदन दर्ता गरिएको छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषदलगायतलाई विपक्षी बनाई आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दायर गरेका हुन्। यसअघि संवैधानिक परिषदसम्बन्धि अध्यादेश र नियुक्तिविरुद्ध परेका रिट निवेदनको पूरकको रुपमा निवेदन दर्ता गरिएको हो।
संवैधानिक परिषद्ले वैशाख २६ मा गरेको सिफारिस विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले आइतबार दर्ता गरेको हो । वैशाख २१ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश र सो अध्यादेशअनुसार २० जना पदाधिकारीलाई गरिएको नियुक्ति सिफारिस बदर गर्न माग गरिएको छ ।वैशाख २६ मा बसेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग र अख्तियार सहितका निकायमा २० जनालाई नियुक्त गर्न सिफारिस गरेको थियो । वैशाख २१ मा नयाँ अध्यादेश ल्