पतञ्जली योग समिति गुल्मीले योग प्रशिक्षक तयार पार्ने उद्देश्यले योग प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ । ‘घर–घरमा योग जन–जनमा योग’ भन्ने मुख्य नाराका साथ सदरमुकाम तम्घासमा ११० घण्टा भौतिक योग कक्षा सञ्चालन गर्न लागिएको पतञ्जली योग समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।