काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीमाथि लगाएको १९ पृष्ठ लामो आरोप फिर्ता लिएको भए तत्कालीन नेकपा विभाजन नहुने दाबी गरेका छन्। नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलालाई सम्बोधन उनले ओलीले प्रधानमन्त्री छाड्न तयार भए पनि प्रचण्डले आरोपपत्र फिर्ता ल्याउन नमानेको बताए। उनले भने, ‘०७७ पुस ४ गते ओली र प्रचण्डको बीचमा वार्ता भइरहेको बेलामा मलाई बोलाउनुभयो। ओलीले म पार्टी एकताको लागि