विराटनगर : सोमबारदेखिको अविरल वर्षाका कारण मोरङको विभिन्न स्थानमा डुबानमा परेको छ। बाढीले बगाएर सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको छ। वर्षासँगै खोलामा आएको बाढीका कारण आजसम्म मोरङ जिल्लाका ११ सय ७३ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। कुनकुन स्थानमा डुबान ?डुबानका कारण विराटनगर महानगरपालिका –८ मा सिंघीया खोलाको पानी बस्तीमा पस्दा २५ घर डुबानमा परेको छ भने डुबानका कारण १५ परिवार